३० फाल्गुन २०८१, शुक्रबार

आजदेखि यू-१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

0

आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् ।

अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् ।  विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

नेपाली टोली
 
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।