
ललितपुरस्थित पिनाकल एकेडेमीले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शिक्षा प्रणाली, नियम-कानून तथा विभिन्न सुविधाहरूबारे जानकारी दिइएको थियो । नेपालमा शीर्ष ४ औं स्थानमा रहेको (+२ तहमा) उक्त शिक्षण संस्थाले विद्यार्थीहरूको शैक्षिक उत्कृष्टताका लागि प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरू कलेज टी-शर्ट लगाएर उपस्थित भएका थिए । पिनाकल एकेडेमीका अधिकारीहरूले नयाँ विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८२ मा स्वागत गर्दै सफल भविष्यको कामना गरेका छन् ।
उक्त कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ शैक्षिक वातावरणमा समायोजन गर्न सहयोग पुर्याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्