३० फाल्गुन २०८१, शुक्रबार

विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे

0

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।

मन्त्री पाण्डेले छोटो–छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको र विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।

बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उनले उक्त कुरा बताएका हुन् । बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियोे । मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्ययनपछि मात्र यो विषय टुंगो लगाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।