३० फाल्गुन २०८१, शुक्रबार

सुनको मूल्य फेरि बढ्यो

0

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसअघि बुधबार भने सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।