
यो साताभर सेयर बजार परिसूचक (नेप्से) ६६ अंकले बढेको छ । गत साताको बिहीबार २५८८ बिन्दुमा पुगेर रोकिएको परिसूचक हिजो, बिहीबार २६५४ बिन्दुमा उक्लिएको छ ।
यो साताभर कारोबार भएको ५ दिनमध्ये १ दिनमात्रै बजार घट्यो । हिजो बिहीबार नेप्से परिसूचक ११ अंकले घटेको छ । बुधबार बजार ५२ अंकले बढ्यो, त्यसअघि मंगलबार ५, सोमबार ६ र आइतबार १२ अंकले बढेको थियो ।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो । गत बिहीबार ५ अर्ब ८८ करोडको कारोबार भएको थियो । आइतबार ६ अर्ब १२ करोड, सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको रुपैयाँभन्दा बढीको कारोबार भयो ।
बुधबार यो साताभरकै धेरै ८ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भयो भने हिजो बिहीबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्