११ श्रावण २०८२, आईतवार

स्कटल्याण्डलाई हराउँदै सिरिज कब्जा गर्ने दाउमा नेपाल

नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

0

स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्ने छ । स्कटल्याण्डको ग्लासगोमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।

पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।