१४ श्रावण २०८२, बुधबार

खुमलटारमा अव्यवस्थित विद्युत तार धमाधम व्यवस्थापन हुँदै

0

ललितपुरको खुमलटार क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा टाँगिएका विद्युत तारहरूको व्यवस्थापन कार्य धमाधम सुरू भएको छ ।  खुमलटार आदर्श समाजको अगुवाइमा सञ्चालित यो अभियानले स्थानीयवासीहरूमा आशाको किरण जगाएको छ ।

खुमलटार आदर्श समाजले स्थानीय समुदायको सहयोगमा यो काम धुमधामका साथ अगाडि बढाएको छ । अव्यवस्थित विद्युत तारहरूले सहरको सौन्दर्यतामा ठूलो धक्का पुर्याएको भन्दै समाजले यो पहल गरेको जनाएको छ ।

तार व्यवस्थित हुन थालेपछि स्थानीयवासी खुसी हुन थालेका छन् । सडकमा हिँड्दा माथि तारको जालो देख्नुपर्ने बाध्यता हटेपछि वातावरण नै फरक लागेको स्थानीयहरूको भनाइ छ ।

खुमलटार आदर्श समाजले यो काम निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । यो पहलले अन्य क्षेत्रहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ । विद्युत तार व्यवस्थापनको यो काम सम्पन्न भएपछि खुमलटार क्षेत्रको समग्र सौन्दर्यमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।