२६ श्रावण २०८२, सोमबार

ललितपुरको ताल्छिखेलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

0

ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २८० हप्ताको कार्यक्रममा नूर स्मृति सेवा प्रतिष्ठानको वृक्ष सहयोगमा ललितपुर महानगरपालिका–१५ ताल्छिखेलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नूर स्मृति सेवा प्रतिष्ठानले अभियानलाई ४८ वटा फूल फुल्ने चार प्रजातिका विरुवा हस्तान्तरण गरेको थियो । सबै विरुवा शत प्रतिशत हुर्काउने र तिनको संरक्षण गर्ने अभियानले जिम्मा लिएको छ ।

वृक्षारोपण कार्यक्रममा वरिष्ठ कलाकार एवं समाजसेवी आदरणीय किरण केसी, वातावरण संरक्षणमा सधैं सक्रिय गैरसरकारी महासंघका अध्यक्ष टीकाराम दाहाल, अभियानका संयोजक लक्ष्मीप्रसाद गेलाल, अभियानका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरे, अभिभावक संघ नेपाल ललितपुरका अध्यक्ष देवराज लामिछाने, अभियानका सदस्य ईश्वर बजगाईं, मुकेश पौदार लगायतको उपस्थिति रहेको थियो । उनीहरु सबैले एकएक विरुवा रोपेका थिए ।

यस कार्यक्रमले वातावरण संरक्षण र सुन्दरीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यो कार्यक्रमले स्थानीय वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।