३० फाल्गुन २०८१, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

0

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।