
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज अकस्मात सचिवालय बैठक राखेको छ । दिउँसो १ बजेलाई डाकिएको बैठक २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकको ‘एजेण्डा सेटिङ’का लागि भनिएको छ ।
एकथरी नेताले भने अकस्मात बैठक बोलाउनुको मुख्य उद्देश्य केन्द्रीय नेताहरुलाई आफ्नो प्रतिरक्षामा तताउने र सचिवालयलाई घुमाउरो भाषामा ‘खिप्न’ बल प्रदान गर्ने हुनसक्ने अनुमान लगाएका छन् । गतसाता भूतपूर्व उपाध्यक्ष डा। भीम रावल, निलम्बित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि भएको कारबाहीको नेतृत्वदेखि कार्यकर्तासम्म कसैले पनि खुलेर प्रतिरक्षा नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित हुनु अस्वाभाविक पनि होइन ।
प्रतिक्रिया दिनुहोस्