३० फाल्गुन २०८१, शुक्रबार

विपिन जोशी रिहाइको पहल भइरहेको परराष्ट्रमन्त्रीको दाबी

0

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल भइरहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले जोशी सकुशल रहेको बताइन् ।

उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु । हामीले रिहाइका लागि पहल गरिरहेका छौं। मैले कतारको राजदूतसँग फोनमा कुरा गरेको थिए । उहाँले कतारको परराष्ट्र मन्त्रीसँग कुरा गराउँछु भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।