
काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार बिहान ८ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ ।
बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नसक्ने उनले बताए । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय कमिटी बैठकपछि पहिला पटक बस्न लागेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गरेर केन्द्रीय कमिटीको बैठकको निर्णयसहित परिपत्र जारी गर्न तयारी गरेको छ । माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ ।
पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ । पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएको पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षसरहकै कुर्सीमा राखिएको थियो । बैठकमा पुन सक्रिय राजनीतिमा आउने कुराको केही नेताहरूले विरोध गरेपछि प्रचण्डले आफूले कारणले नभई व्यक्तिगत इच्छाले पुन आफैँ सक्रिय भएको प्रष्टीकरण दिएका थिए ।
माओवादीले फागुनदेखि ६ महिना ६ महिना पार्टी निर्माणको लागि अभियान चलाउने तर त्यसपछि ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्