१० जेष्ठ २०८२, शनिबार

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरेका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले सो दाबी गरेका हुन् ।

उनले भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ । फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।