९ जेष्ठ २०८२, शुक्रबार

समाजसेवी भरसिंह पेलाद्वारा जाजरकोटमा ५० घरधुरीलाई पाइप वितरण

0

जाजरकोटको छेडागाड नगरपालिका–०८ घोगीमा बैतडी निवासी समाजसेवी भरतसिंह पेलाले ५० घरधुरीलाई खानेपानी पाइप वितरण गरेका छन् । स्थानीय बासिन्दाहरूको खानेपानी समस्यालाई समाधान गर्ने उद्देश्यले सो पाइप वितरण गरिएको बताइएको छ । उक्त पाइप सामग्री शारदा–शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमा वितरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा पाइप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष अधिकारीले स्थानीय स्तरमा यस्ता समाजसेवी प्रयासहरू अत्यन्त सराहनीय रहेको र आगामी दिनमा पनि संस्थाले यस्ता जनहितका कार्यहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खानेपानीको अभावले लामो समयदेखि पीडित हुँदै आएका स्थानीय बासिन्दाहरूले यो सहयोगलाई अत्यन्त उपयोगी र राहतदायी भएको प्रतिक्रिया दिएका छन् । समाजसेवी पेलाले स्थानीय समुदायप्रति आफ्नो सामाजिक दायित्व बोध गर्दै भविष्यमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।