
जाजरकोटका बालकृष्ण परियारले नयाँ गीत बजारमा ल्याएका छन् ।
उनले ‘आमा कि मामा’ नामक गीत बजारमा ल्याएका हुन् । सो गीतमा परियार र रञ्जिता विश्वकर्माको स्वर रहेको छ ।
गीतमा परियार आफैंले लय भरेका छन् ।
गीतको शब्द दुर्गा विरहीले लेखेका छन् भने गीतमा दिपक केसी, प्रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
परियारले विगतदेखि नै यस खालका गीतहरु सिर्जना गर्दै आइरहेका छन् ।
परियारले विगतदेखि नै यस खालका गीतहरु सिर्जना गर्दै आइरहेका छन् ।
उनले केहीदिनपछि ‘कच्ची बाटो छेडागाडतिरैको, मलाई चिन्ता छ सानु पिरैको’ नामक गीत बजारमा ल्याउने तयारीसमेत गरेका छन् ।
यसका साथै, केहीदिनपछि लाइभ दोहोरी पनि सार्वजनिक गर्ने तयारी रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्