१५ बैशाख २०८२, सोमबार

छेडागाड नगरपालिकाको ८ नम्बर वडाले ग¥यो यस्तो निर्णय

0

जाजरकोटको छेडागाड नगरपालिका ८ नम्बर वडा कार्यालयले शैक्षिक सत्र २०८२ देखि लागू हुनेगरी नयाँ निर्णय गरेको छ । वडा शिक्षा समिति बैठकको यो निर्णयपछि वडाभित्र बसोबास गर्ने सबैले अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई आफ्नै वडाभित्रका विद्यालयहरुमा भर्ना गरी अध्यापन गराउनुपर्ने भएको छ । यो निर्णय जसरी भएपनि लागू गर्ने वडाको तयारी छ । यो निर्णयलाई उल्लंघन गर्ने र आफूखुसी आफ्ना बालबालिकाहरुलाई अन्यत्र भर्ना गरेको पाइए वडाबाट पाइने सरकारी सेवाबाट वञ्चित गर्ने निर्णय भएको वडा सचिव बासुदेव खत्रीले जानकारी दिए ।

सो बैठकमा वडामा रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सबैको उपस्थितिमा यो निर्णय भएको हुनाले यसलाई कार्यान्वयन गर्न समस्या नहुने वडाको दाबी छ । यसका साथै, बैठकले वडामा कार्यरत सबै शिक्षक कर्मचारीहरुले पूर्णरुपमा कक्षाकोठामा शिक्षण सिकाईका विधिहरु प्रयोग गरी समयको सही सदुपयोग गरे नगरेको प्रधानाध्यापकबाट निरीक्षण तथा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।