११ कार्तिक २०८२, मंगलवार

छेडागाड–९ पजारुको भेरी खोलामा रेग्मी दम्पतिले बनाइदिए पुल….

जोखिमपूर्ण ठाउँमा यस्तो पुल बनेपछि आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

0

जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ९ को पजारुस्थित भेरी खोलामा काठको पुल निर्माण गरिएको छ । छेडागाड नगरपालिका–९ पजारु जाजरकोटमा जन्मिएर हाल अमेरिकामा बस्दै आएकी सावित्री अधिकारी (रेग्मी) दम्पतीको पहलमा सो पुल निर्माण भएको बताइएको छ ।

सो ठाउँमा पुल नबन्दा आवतजावतमा समस्या भएको थियो । खासगरी यो ठाउँ विद्यार्थीहरुको मुख्य प्रवेशद्वार भएकाले आवतजावतमा विद्यार्थीहरुले निकै समस्या भोगिरहेका थिए । करिब २ सय मिटरको दूरीभित्र तीनवटा पक्की पुलहरू देखिए पनि, विद्यालय जानका लागि आवश्यक पर्ने ठाउँमा कुनै झोलुंगे पुलसमेत बनेको अवस्था थिएन ।

सावित्रा स्वर्गीय शेर बहादुर अधिकारी र शारदा कुमारी शाहीकी जेठि छोरी हुन् । सावित्रा र उनका श्रीमान दीपकराज रेग्मीको पहलमा सो पुल बनेको त्यहाँका स्थानीयले बताएका छन् ।

सो पुल उनीहरुको व्यक्तिगत लगानीमा निर्माण भएको बताइएको छ । जोखिमपूर्ण ठाउँमा यस्तो पुल बनेपछि आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।