१५ बैशाख २०८२, सोमबार

जाजरकोटको कुशे गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न

0

जाजरकोटको कुशे गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको आयोजना र कुशे गाउँपालिका पशुपंक्षी विकास शाखाको समन्वयमा सो शिविर सम्पन्न भएको हो । शिविर कुशे गाउँपालिका–३, टापुचौरमा सञ्चालन गरिएको थियो ।

शिविरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायको नेतृत्वमा पशु विशेषज्ञ डा. भानुभक्त गौतम, डा. उमेश थापा मगरसहित ७ जना पशु प्राविधिकको टोली सहभागी रहेको थियो ।

शिविरमा कुशे गाउँपालिका वडा नं. २, ३ र ४ का किसानलाई लक्षित गरी पशु स्वास्थ्य सेवा प्रदान गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका नायब पशु स्वास्थ्य प्राविधिक कमल सिंहका अनुसार शिविरमार्फत ८०५१ पशु-पन्छीलाई औषधि वितरण तथा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । सेवा प्राप्त गर्नेमा गाईगोरु ४३५, राँगा/भैंसी २५४, भेडा १५०८, बाख्रा ५४३९, कुखुरा २७७, घोडा ६, कुकुर १३१ र बिरालो १ थिए ।

शिविर सञ्चालनको उद्देश्य दुर्गम क्षेत्रका किसानलाई विशेषज्ञ सेवा उपलब्ध गराउँदै पशुपन्छीमा देखापर्ने विभिन्न रोगहरूको पहिचान र नियन्त्रण गर्नु रहेको बताइएको छ। यसले पशु स्वास्थ्य सुधार गर्दै कृषकहरूको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

नायब पशु स्वास्थ्य प्राविधिक कमल सिंहका अनुसार यस्ता शिविरहरूले स्वच्छ दूध, मासु र अण्डाको उत्पादन बढाएर मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।