२७ जेष्ठ २०८२, मंगलवार

ललितपुरको खुमलटारमा ‘चित्रकला प्रतियोगिता’ सम्पन्न

यस्ता रचनात्मक कार्यक्रमहरूले नयाँ पुस्तामा प्रकृति संरक्षणको महत्त्वबारे गहिरो चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

0

विश्व वातावरण दिवस २०२५ जुन ५ को अवसरमा खुमलटारमा ‘चित्रकला प्रतियोगिता’ सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको मुख्य नारा “Ending Plastic Pollution” अर्थात् ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण’ विषयक यो प्रतियोगिता सिर्जनशील वातावरण संरक्षण केन्द्र र सिर्जनशीप सेवा प्रा.लि.को संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा खुमलटार आदर्श समाज, खुमलटार बाल क्लब र अभिभावक संघ नेपाल, ललितपुरको सहयोग रहेको थियो । प्रतियोगितामा ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

उनीहरूले प्लाष्टिकका हानिकारक प्रभावहरू, वातावरणमा पार्ने असर र यसका विकल्पहरूलाई रंगीन चित्रकलाको माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।

यस्ता गतिविधिहरूले बालबालिकामा सानैदेखि वातावरण संरक्षणको चेतना जगाउने र प्लाष्टिकको अन्धाधुन्ध प्रयोगबाट हुने दीर्घकालीन समस्याहरूप्रति सचेत बनाउने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा यस्ता रचनात्मक कार्यक्रमहरूले नयाँ पुस्तामा प्रकृति संरक्षणको महत्त्वबारे गहिरो चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई नगद, मेडल प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । साथै, प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।