१० श्रावण २०८२, शनिबार

खुमलटार आदर्श समाजले मर्मत ग¥यो सडक

0

ललितपुरको खुमलटार आदर्श समाजले सडक मर्मत कार्य सम्पन्न गरेको छ । समाजले खुमलटारका विभिन्न टोलहरुमा बिग्रिएका सडकहरु मर्मत गरेको हो ।

खुमलटारमा रहेका विभिन्न सडकखण्डहरुमा खाल्टाखुल्टी परेका थिए । सडकको यस्तो अवस्था भएपछि आवतजावतमा समस्या भएको थियो । यो समस्या थाहा पाएपछि समाजले सडक मर्मतको काम अघि बढाएको हो । समाजको यो पहलपछि सडकहरुमा आवातजावत गर्ने मानिसहरु खुसी भएका छन् । उनीहरुले समाजलाई सकारात्मक पहलकदमीका लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

पछिल्लो समय खुमलटार आदर्श समाज समाजसेवाका काममा निकै सक्रिय बनिरहेको छ । समाजले टोल सुधारका विभिन्न योजना र कार्यक्रमहरु अघि बढाएको छ ।

खासगरी समाजले तत्कालीन, आपतकालीन र दीर्घकालीन योजना बनाएर कामकारबाही अघि बढाएको छ । जसमा फोहोर व्यवस्थापन, बिजुली बत्ती जडानदेखि सडक मर्मतसम्मका योजनाहरु समावेश छन् । यसका साथै, समाजले केहीदिनभित्रमा अव्यवस्थित रुपमा रहेका विद्युतीय तारहरुको व्यवस्थापन गर्ने, कुकुरहरुको व्यवस्थापन गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।