
जाजरकोटको शिवालय गाउँपालिका–३ ताङ्गाका पूर्णबहादुर बस्नेत जेठ २७ गतेदेखि भारतमा बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनको परिवारले खोजीका लागि अपिल गरेको छ ।
पारिवारिक स्रोतका अनुसार पूर्णबहादुर बस्नेत २०८२ साल जेठ २७ गतेका दिन भारतको गुजरात राज्यको राजकोटको शनिबजार भन्ने ठाउँदेखि घरतिर हिँडेका थिए । तर, उनी अहिलेसम्म घर पुग्न सकेका छैनन् । भारतबाट घरतिर हिँडेपछि उनले बिच बाटोमा परिवारसँग सम्पर्क पनि गरेका थिए । हाल उनी परिवारको सम्पर्कमा छैनन् ।
विवरण
बेपत्ता हुने व्यक्तिको नाम पूर्ण बहादुर बस्नेत (फेसबुक नाम: समीर छेत्री बस्नेत) रहेको छ । उनको उमेर २०/२१ वर्ष रहेको छ ।
ठेगाना : जाजरकोट जिल्ला, शिवालय-३ ताङ्गा, जाजरकोट
पहिचान चिह्न:
- पातलो माछे
- कपाल हल्का पालेको
- गोरो वर्ण
घटनाक्रम
परिवारका अनुसार, पूर्ण बहादुर बस्नेत २०८२ साल जेठ २७ गतेका दिन भारतको गुजरात राज्यको राजकोटको शनिबजार भन्ने ठाउँदेखि घर आउन हिँडेका थिए । तर, उनी अहिलेसम्म घर पुग्न सकेका छैनन् । उनले परिवारसँग अन्तिम पटक फोन सम्पर्क गरेको र घर नपुगेको हुँदा खोजी कार्यका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
सम्पर्क जानकारी
पूर्णबहादुर बस्नेतलाई देख्ने, भेट्नेहरु जोकोहीले नजिकैको प्रहरी वा परिवारलाई सम्पर्क गरिदिनुहोला ।
सम्पर्क : बुबा मानबहादुर बस्नेत- ९७६६९३५१७४