२ असार २०८२, सोमबार

जाजरकोट शिवालयका एक युवक भारतमा बेपत्ता

भारतबाट घरतिर हिँडेपछि उनले बिच बाटोमा परिवारसँग सम्पर्क पनि गरेका थिए । हाल उनी परिवारको सम्पर्कमा छैनन् ।

0

जाजरकोटको शिवालय गाउँपालिका–३ ताङ्गाका पूर्णबहादुर बस्नेत जेठ २७ गतेदेखि भारतमा बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनको परिवारले खोजीका लागि अपिल गरेको छ ।

पारिवारिक स्रोतका अनुसार पूर्णबहादुर बस्नेत २०८२ साल जेठ २७ गतेका दिन भारतको गुजरात राज्यको राजकोटको शनिबजार भन्ने ठाउँदेखि घरतिर हिँडेका थिए । तर, उनी अहिलेसम्म घर पुग्न सकेका छैनन् । भारतबाट घरतिर हिँडेपछि उनले बिच बाटोमा परिवारसँग सम्पर्क पनि गरेका थिए । हाल उनी परिवारको सम्पर्कमा छैनन् ।

विवरण

बेपत्ता हुने व्यक्तिको नाम पूर्ण बहादुर बस्नेत (फेसबुक नाम: समीर छेत्री बस्नेत) रहेको छ । उनको उमेर २०/२१ वर्ष रहेको छ ।

ठेगाना : जाजरकोट जिल्ला, शिवालय-३ ताङ्गा, जाजरकोट

पहिचान चिह्न:

  • पातलो माछे
  • कपाल हल्का पालेको
  • गोरो वर्ण

घटनाक्रम

परिवारका अनुसार, पूर्ण बहादुर बस्नेत २०८२ साल जेठ २७ गतेका दिन भारतको गुजरात राज्यको राजकोटको शनिबजार भन्ने ठाउँदेखि घर आउन हिँडेका थिए । तर, उनी अहिलेसम्म घर पुग्न सकेका छैनन् । उनले परिवारसँग अन्तिम पटक फोन सम्पर्क गरेको र घर नपुगेको हुँदा खोजी कार्यका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।

सम्पर्क जानकारी

पूर्णबहादुर बस्नेतलाई देख्ने, भेट्नेहरु जोकोहीले नजिकैको प्रहरी वा परिवारलाई सम्पर्क गरिदिनुहोला ।

सम्पर्क : बुबा मानबहादुर बस्नेत- ९७६६९३५१७४

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।