११ श्रावण २०८२, आईतवार

ललितपुरको खुमलटारमा सरसफाई कार्यक्रम सम्पन्न

0

ललितपुरको खुमलटारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । खुमलटार आदर्श समाजको नेतृत्वमा खुमलटार युवा क्लब, सिर्जनशील वातावरण संरक्षण केन्द्र र सिर्जनशीप सेवा प्रालिको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । युलेन्स स्कुलको छेवैमा विगतदेखि नै फोहोरको थुप्रो रहेको थियो ।

सो ठाउँमा फोहोर थुप्रिदा आवतजावतमा नै समस्या भएको थियो । अब फोहोर व्यवस्थापन भएपछि आवतजावत सहज हुने बताइएको छ ।

सो ठाउँमा प्लाष्टिक, सिसाका बोत्तल, मादक पदार्थ सेवन गरेर फालिएका विभिन्न सामग्रीहरु फेला परेका थिए । फोहोर थुप्रिएको क्षेत्रमा रहेको झारी पनि फडानी गरिएको छ ।

यो ठाउँमा अबका दिनमा फोहोर फालेको पाइएमा जरिवानासमेत गराउने आदर्श समाजको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।