१२ कार्तिक २०८२, बुधबार

इसिमोडले जग्गा दिन अटेरी गर्दा सडक निर्माण ठप्प

0

ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित इसिमोडको पश्चिमतर्फको सडकखण्ड निर्माण नहुँदा समस्या आएको छ । सडक निर्माणका लागि व्यक्तिले समेत जग्गा छोडिसकेका छन् । तर, इसिमोडले सडक निर्माणका लागि जग्गा उपलब्ध नगराउँदा समस्या आएको छ । इसिमोडसँग पटकपटक वार्ता गर्दासमेत यो समस्या समाधान हुन सकेको छैन ।

विद्यार्थी, कार्यालय जाने व्यक्ति र अन्य सर्वसाधारणहरु वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् । यसले समय र पैसा दुवैको बर्बादी भएको स्थानीयहरूले बताएका छन् । विशेष गरी वर्षाको समयमा यो सडकमा मानिसहरुले थप कष्ट भोग्नुपरेको छ । बिरामी र आपतकालीन अवस्थामा सवारी साधन आवतजावत गर्न नसक्दा स्वास्थ्य सेवामा समेत असर परेको छ ।

इसिमोडले पटकपटक सडक निर्माणका लागि आवश्यक जग्गा दिने आश्वासन दिँदै आएको छ । तर, व्यवहारमा भने कुनै ठोस परिणाम आउन सकेको छैन ।

वडा कार्यालय, खुमलटार आदर्श समाज लगायतका संस्थाले निरन्तर पहल गरिरहेका छन् । इसिमोडले अटेरी गर्दै आएपछि समस्या समाधान हुन सकिरहेको छैन ।

स्थानीय सरकारले यो समस्या छिटो समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।