३० फाल्गुन २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने छ । माओवादी केन्द्रले यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पुस १८ गतेदेखि २० गतेसम्म स्थायी कमिटी बस्ने छ । यसअघि माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै पुस २१ गतेसम्मका लागि सारेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।