३० फाल्गुन २०८१, शुक्रबार

जाजरकोटका कलाकार दिपक काल्पनिकको देउडा गित सार्वजनिक

उनलाई माओवादी केन्द्रले मात्र होइन नेपाली कांग्रेसले पनि सोही आश्वासन दिएको थियो । तर, अहिले सबैले बेवास्ता गरेको उनको दुखेसो छ । 

0

काठमाडौं । जाजरकोटका लोक देउडा गायक दिपक काल्पनिकले नयाँ देउडा गित बजारमा ल्याएका छन् । उनले ‘हजुर’ नामक देउडा गित बजारमा ल्याएका हुन् । देउडामा एकजना कलाकारले भोग्नुपरेका समस्या र गर्नुपरेको संघर्षबारे चित्रण गर्न खोजिएको छ । सबैतिर सहयोगको याचना गर्दापनि सहयोग प्राप्त नभएपछि अन्तिम अवस्थामा विदेश पलायनको बाटो रोज्नुपर्ने बाध्यात्मक परिस्थितिलाई गितका शब्दहरुले देखाएका छन् ।

को हुन् कलाकार काल्पनिक ?

दिपक काल्पनिक कुशे गाउँपालिका–०३, भेटुखानामा स्थायी बासिन्दा हुन् । उनी विगत ७ वर्षदेखि कलाकारिता क्षेत्रमा आवद्ध छन् । यो क्षेत्रमा लागिरहँदा आफूले निकै समस्या खेप्नुपरेको काल्पनिक बताउँछन् । उनले आर्थिक अभावका कारण यो पेशालाई निरन्तरता दिन सकेनन् । हाल दोहोरी साँझमा काम गर्दै आइरहेका उनले दुखजिलो गरेर भएपनि ‘हजुर’ नामक लोक देउडा गित बजारमा ल्याउन सफल भएका छन् । उनले केही समयअघि नेकपा माओवादी केन्द्र पार्टीको गित गाएका थिए । ‘हाम्रो जाजरकोट, राम्रो जाजरकोट, माओवादी केन्द्रलाई हाल्नुहोस् हजुर भोट’ नामक गित गाउँदा पार्टीले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको काल्पनिक बताउँछन् । तर, अहिले पार्टीले बेवास्ता गरिरहेको उनको दाबी छ । उनलाई माओवादी केन्द्रले मात्र होइन नेपाली कांग्रेसले पनि सोही आश्वासन दिएको थियो । तर, अहिले सबैले बेवास्ता गरेको उनको दुखेसो छ । 

यस्तो छ उनको लोक देउडा गित:

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।