
अभिभावक संघ नेपालले ३० औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार एक कार्यक्रमका बीच संघले सो दिवस सम्पन्न गरेको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका सांसद रघुनाथ महर्जनको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य क्षेत्र सुधारमा व्यापक काम अघि बढाएको उल्लेख गरे । यसका साथै, उनले यस खालका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाउने दाबी गरे ।
कार्यक्रममा स्थापना कालदेखि संघमा रहेर योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्