
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं यतिबेला फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरीको दाबी छ ।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्