१५ बैशाख २०८२, सोमबार

जाजरकोटमा खुला लोकगीत प्रतियोगिता हुँदै, नगद पुरस्कारको व्यवस्था

0

काठमाडौं । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आमाको सम्मान र श्रद्धाको भावना अभिव्यक्त गर्न विशेष प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आगामी बैशाख १४ गते सदरमुकाम खलंगामा खुला लोकगीत प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

आयोजकका अनुसार मातातीर्थ औसी तथा आमाको मुख हेर्ने दिनको अवसरमा हाम्रो समाजमा जन्मदिने आमा प्रतिको सम्मान र श्रद्धाको भावनालाई अझ बलियो बनाउन र नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । कार्यक्रममा जीवनमा आमाको भूमिका र महिमा बारे खुला लोकगीत प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ । जसअनुसार प्रथम हुनेलाई ५ हजार रुपैयाँ प्रमाणपत्र, द्वितीय हुनेलाई ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र, तृतीय हुनेलाई २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यसका साथै सान्त्वना पुरस्कारस्वरूप १ हजार रुपैयाँ र प्रमाणपत्र दिइने उल्लेख छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले मोहन खड्का (९८४८२४४०७०), हेमन्तकुमार खड्का (९८६७४०५६६६) र रविन काफ्ले (९७४२९६५४५८) लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यो प्रतियोगिताले स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।