९ जेष्ठ २०८२, शुक्रबार

जाजरकोट छेडागाडका एमाले नेता नवराज शाही माओवादी केन्द्रमा प्रवेश

0

जाजरकोटको छेडागाड नगरपालिकाका नवराज शाही नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका शाहीले सो पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले सोमबार मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत छेडागाड नगरपालिकाको मनघाटमा आयोजित विशाल जनसभामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट औपचारिक रुपमा पार्टी सदस्यता समेत ग्रहण गरेका छन् । शाहीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको आवश्यकता अझ बढेको बताउँदै सामाजिक न्याय, समावेशीता र परिवर्तनका एजेण्डालाई साथ दिन आफूले एमाले परित्याग गरेको स्पष्ट पारे ।

शाही युवा संघमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।