२८ जेष्ठ २०८२, बुधबार

वाइसियलको केन्द्रीय सदस्यमा जाजरकोटका नवराज शाही निर्वाचित

0

नेकपा माओवादी केन्द्र निकट वाइसियल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट जाजरकोटका नवराज शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

युवाहरुको हकहितका मुद्दामा अग्रसर रहँदै आएका शाहीले विभिन्न तहमा संगठनको नेतृत्व गर्दै आएका छन् ।

हालै राजधानी काठमाडौंमा सम्पन्न भएको वाइसियल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

उक्त सम्मेलनले नयाँ केन्द्रीय समिति चयन गर्दै संगठनलाई आगामी दिनमा अझ सशक्त, गतिशील र जनमुखी बनाउने निर्णयहरू पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।