
काठमाडौं । पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढिरहेको छ । कतिपय मानिसहरु ज्यान बनाउनकै लागि जिम धाउने गर्छन भने कतिपय स्वस्थ रहनका लागि जिम जाने गर्दछन् । मानिसहरुको यही चाहना र आवश्यक्तालाई मध्यनजर गर्दै वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक्यु स्पोर्टस फेडेरेसनका अन्तर्राष्ट्रिय निर्णायक सुनिल राजकर्णिकारले नयाँ वर्ष २०८२ सालको अवसरमा ‘सुनिल्स गोल्ड जिम’ क्लब सञ्चालनमा ल्याउनुभएको छ ।
मानिसहरूलाई ३० वर्षभन्दा बढी समयसम्म लामो, खुसी र स्वस्थ जीवन बाँच्न मद्दत गर्ने उद्देश्यका साथ उहाँले ललितपुर महानगरपालिकाको नखिपोट–१४ मा सो जिम क्लब सञ्चालनमा ल्याउनुभएको हो । २०४९ सालदेखि नै सञ्चालनमा आएको सो जिम क्लबको क्षेत्रफल बढाएर फेरि नयाँ शैलीबाट सञ्चालन गर्नेगरी फेरि उद्घाट्न गरिएको छ । जिम क्लबका सञ्चालक समेत रहुनभएका सुनिल राजकर्णिकार र उहाँकी श्रीमती इरेन श्रेष्ठ राजकर्णिकारले जिम क्लबको धुमधामका साथ उद्घाट्न गर्नुभएको छ । उद्घाट्न गर्दै राजकर्णिकारले आफूहरुले ग्राहकहरुको इच्छा र आवश्यकता अनुसार सेवा दिँदै आइरहेको र त्यो सेवालाई थप अत्याधुनिक बनाइने उल्लेख गर्नुभयो ।
सो जिम क्लबमा अत्याधुनिक खालका सामग्रीहरु राखिएको छ । जिम क्लबमा जोकोही पनि आउन सक्ने बताइएको छ । यो ललितपुरको पहिलो जिम क्लब पनि भएकाले राजकर्णिकार परिवारले सो जिम क्लबलाई नयाँ र अत्याधुनिक सेवा दिने ध्ययेका साथ सो जिम क्लबलाई निरन्तरता दिने तयारी थालेको छ । जिम क्लबका सञ्चालक सुनिल राजकर्णिकारले आफूहरुले सुविधासम्पन्न र दीर्घकालीन सेवा प्रवाह गर्ने उल्लेख गर्नुभयो । स्वस्थ रहन व्यायाम गर्नुपर्ने विषयलाई जोड दिँदै उहाँले आफूहरुले विगतदेखि नै यस्तो सेवा दिइरहेको बताउनुभयो ।
क्लबको उद्घाट्नका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । राजकर्णिकार परिवारले ललितपुर महानगरपालिका–१९ कुमारीपाटीमा पनि टाइटन जिम एण्ड फिट्नेस जिम क्लब सञ्चालन गरेर सेवा दिँदै आइरहेको छ ।