
काठमाडौं। कुनैपनि व्यवसाय उपभोक्तालाई सेवा दिने उद्देश्यका साथ सञ्चालन गर्ने गरिन्छ । उपभोक्तालाइ सेवा दिएबापत व्यवसायीहरुले केही मुनाफा आर्जन पनि गर्ने गर्दछन् । तर, काठमाडौंमा त्यस्ता व्यवसायिक पसलहरु कमै मात्रामा पाइन्छन् । उपभोक्तालाई सहज र सर्वसुलभ सेवा दिने भन्दै काठमाडौंका गल्लीगल्लीमा यस्ता पसलहरु सञ्चालनमा छन् । खासगरी सामान किनमेलका लागि बजारमा आएका उपभोक्ताले भोक र प्यास मेटाउन मम, चाउमिन, समोसा, पानी लगायतका नास्ताका परिकार खाने गर्दछन् । यी नास्ताका परिकारका नाममा बजारमा उपभोक्ताको ढाड सेक्नेगरी व्यापारीहरुले गतिविधि अघि बढाइरहेका छन् ।
काठमाडौंका कतिपय रेष्टुरेन्ट र नास्ता पसलहरुमा ग्राहकहरुका लागि पिउने पानीको समेत व्यवस्था गरेको पाइदैन । ग्राहकहरुलाई सामान्य पानी नै नदिने व्यापारीहरुले उनीहरुलाई मिनेरल वाटर (बोत्तलको पानी) जर्बजस्ती रुपमा भिडाउने गरेका छन् । पानी अत्यावश्यक पर्ने नास्ताका परिकार दिने तर पानीको व्यवस्था नगर्ने व्यापारीहरुले पानीका नाममा बजारमा ठगीधन्दा नै चलाएका छन् । यसकै गतिलो उदाहरण हो, काठमाडौं महानगरपालिका–२२ मा रहेको धरहरा टपरी मम । यो टपरी ममले पानीका नाममा ग्राहकहरुलाई यतिसम्म ठगेको छ कि त्यसको कुनै लेखाजोखा नै छैन । यो म.म. पसलले ग्राहकहरुलाई पहिले नै ममको पैसा तिर्न लगाउने तर पानीको व्यवस्था नगर्ने पाइएको छ । मम खाएपछि ग्राहकहरुले जसरी भएपनि पानीको सुविधा लिन्छन् भन्ने हेक्का पाएरै नै यस पसलका सञ्चालकले अकुत नाफा कमाउने उद्देश्यले बोत्तलको पानी जर्बजस्ती भिडाउने गरेका छन् ।
बोत्तलको पानी तोकिएको मूल्यमा ग्राहकलाई भिडाएको भए पनि कसैले विवाद गर्ने थिएन । तर, यो पसलका मालिकले पानीको बोत्तलमा एमआरपी मूल्यभन्दा झण्डै ५० प्रतिशत अकुत नाफा कमाइरहेका छन् । काठमाडौंका धरहरा आसपासमा धरहरा टपरी मम चर्चित नाम हो । यहाँ यस्ता धेरै मम पसलहरु छन् । ती सबै पसलहरुले पानीको बोत्तलमा यस्तै नाफा कमाइरहेका छन् । धरहरा टपरी ममले ‘फ्रेसो ड्रिङकिङ वाटर’ नामक पानीको बोत्तल बिक्री गर्दै आइरहेको छ । सो बोत्तलको एमआरपी मूल्य १६ रुपैयाँमात्र रहेको मात्र रहेको छ । यो पानीलाई धरहरा टपरी ममका मालिकले झण्डै ५० प्रतिशत नाफा कुम्ल्याउँदै ३० रुपैयाँमा बिक्री गरिरहेका छन् । ग्राहकलाई एमआरपी मूल्यभन्दा बढीमा पानी बिक्री गरेको भेटिएपछि हामी सो टपरी मममा पुगेका थियौं । त्यहाँ पुग्दा यो वास्तविक रहेछ । हामीलाई पनि धरहरा टपरी ममले बोत्तलको पानीको ३० रुपैयाँ नै भनियो । ग्राहकसँग पानीमा अकुत नाफा कमाउनेगरी यति धेरै ठगीधन्दा किन चलाएको भन्दै हामीले धरहरा टपरी ममका मालिक सोनु मिश्रसँग टेलिफोन संवाद गरेका थियौं । ग्राहकको ढाड सेक्नेगरी ठग्न पल्केकी सोनु मिश्रले उल्टै हामीलाई नै हप्कीदप्की गर्न खोजिन । तर, हामीले कानुन पढाएपछि उनको हप्कीदप्की छिनमै सकिएको थियो ।
पसलमा खानेकुरा मात्र महँगो नभई स्वास्थ्य जोखिमसमेत उच्च रहेको प्रमाण फेला परेको छ। स्रोतका अनुसार सो टपरी म.म.मा कुखुराको कुहीएको मासु, पखेटा र अन्य फालिएको भागसमेत किमामा प्रयोग गरिने गरिएको छ। यस्तो मासु पकाउँदा गन्ध आउँने भएकाले बढी मसलादार बनाइ लुकाउन खोजिने गरिन्छ।
स्थानीय उपभोक्ताहरूले बारम्बार गुनासो गर्दा पनि स्थानीय प्रशासनको चासो नदेखिएको गुनासो रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्पष्ट निर्देश अनुसार उपभोग्य खाद्यपदार्थमा गुणस्तर, सरसफाइ र उपभोक्ता अधिकारको संरक्षण अनिवार्य मानिन्छ। तर धरहरा टपरी म.म.मा यस्ता मापदण्डहरूको पूर्णतः उल्लंघन हुँदै आएको देखिएको छ।
स्वास्थ्यको जोखिम: कुहिएको मासु र अस्वस्थ किमा
धरहरा टपरी म.म.मा म.म. बनाउन प्रयोग हुने किमामा कुखुराको कुहिएको मासु, पखेटा, र अन्य मांसपेशिहरूलाई राखेर म.म.को किमा तयार पारिने गरेकाे स्राेतकाे दाबी छ। उपभोक्तालाई लुकाउने उद्देश्यले अत्यधिक मसलादार, गन्ध ढाक्ने तरिका अपनाइन्छ,जसले मासुको अस्वास्थ्यकर अवस्थालाई ढाक्न मद्दत पुर्याउँछ। यस्तो अवशिष्ट मासु र अस्वस्थ किमा प्रयोग गर्दा खाद्य विषाक्तता, पाचन समस्याहरू, र अन्य स्वास्थ्य सम्बन्धी जटिलताहरू उत्पन्न हुन सक्ने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन्।
मसलाको प्रयोग र अस्वास्थ्यकर तरिकाले खाद्य निर्माण गर्ने पद्धतिले, यो पसल स्थानीय बजारमा स्वास्थ्यको दृष्टिकोणले धेरै जोखिमपूर्ण र खतरनाक साबित भएको छ। यसले उपभोक्ताको स्वस्थ जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको छ।
एक प्रत्यक्षदर्शी उपभोक्ताले भने,हामीले म.म.खाएर पानी माग्दा १६ रूपैयाँ पर्ने पानीकाे मूल्य झन्डै दाेब्बर ३० रुपैयाँ मागेपछि पानी नखाएर निस्किनु परेकाे गुनासाे गरे।
यस घटनाले स्पष्ट रूपमा देखाउँछ कि स्थानीय व्यवसायहरूले उपभोक्ताका अधिकार र स्वास्थ्य संरक्षणको कुनै सम्मान नगरेको छ। स्थानीय प्रशासन र उपभोक्ता संरक्षण संस्थाहरू यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएकाे छ।
कानुनी दृष्टिकोण: उपभोक्ता संरक्षण ऐनको उल्लंघन
नेपाल सरकारको उपभोक्ता संरक्षण ऐन, २०७५ का अनुसार, ग्राहकलाई अनावश्यक र जबरजस्ती सामान बेच्नु, मूल्यमा अनियमितता गर्नु, र अस्वास्थ्यकर खाद्यपदार्थ बिक्री गर्नु कानूनी अपराध हो। यस्ता कार्यहरू उपभोक्ताको अधिकार र स्वास्थ्यको स्पष्ट उल्लंघन गरिएकाे देखिन्छ।
यस्तो लापरवाहीले उपभोक्ता अधिकार र सुरक्षा क्षेत्रलाई संकटमा पारिरहेको छ। कानूनी प्रावधानको पालना नगर्ने यस्ता पसलहरूले सम्बन्धित निकायको चासो र कारबाहीको आवश्यकता देखिएकाे छ।
त्यस्तै धरहरा टपरी म.म.मा भएका घटनाहरू केवल एक पसलको गडबडी मात्र होइन,यो सम्पूर्ण क्षेत्रका खाद्य सेवा प्रदायकहरूको कानूनी र नैतिक दायित्वलाई प्रश्नमा पार्ने एउटा उदाहरण हो। यस्ता स्थानहरू सस्तो र चाँडो खानाको स्रोत बनिरहेका भए पनि, यदि यिनका व्यवसायिक अभ्यासहरू अस्वास्थ्यकर र धोखाधडीपूर्ण भए भने यसले समाज र उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने जानकारहरू बताउ छन्।
उपभोक्ताका अधिकार र स्वास्थ्यको संरक्षण गर्दै व्यापारिक गतिविधिहरूलाई कडाईका साथ नियमन गर्नुपर्ने आवश्यकता रहेको देखिएकाे छ। यसर्थ, स्थानीय प्रशासन र उपभोक्ता अधिकार संस्थाहरूले थप निगरानी र कडा कारबाही गर्नुपर्छ ताकि यस्ता घटनाहरू दोहोरिन नपरोस।
त्यस्तै काठमाडाैं महानगरपालिका वडा अध्यक्ष चिनीकाजी महर्जनसँग फाेन सम्पर्क गर्दा उनले आफुहरूले सहजीकरण मात्र गर्ने भन्दै गैरजिम्मेवार जवाफ दिएका छन्। उनले भने अनुगमन विभाग छ सबै कुरा उसैले हेर्ने हाे मलाइ खासै थाहा हुँदै भन्दै पन्छिने काम गरेका छन्।सम्बन्धित निकाय र स्थानिय प्रशासनको ध्यानाकर्षण यो समाचार मार्फत गरिनु आवश्यक छ।