१२ कार्तिक २०८२, बुधबार

ललितपुर माविद्वारा शिक्षाविद् रामबाबु थपलियालाई सम्मान

0

ललितपुर माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने शिक्षाविद् रामबाबु थपलियालाई सम्मान र प्रशंसा पत्र प्रदान गरेको छ ।

ग्रीनविच लन्डन कलेजका पूर्व  प्रधानाध्यापक रहेका थपलियालाई विद्यालयले विशेष समारोहकाबीच सम्मानित गरेको हो । उनलाई शिक्षा क्षेत्रमा गरेको उत्कृष्ट सेवा र विश्वव्यापी मञ्चमा नेपाली शिक्षाको प्रवर्द्धनमा पु¥याएको अमूल्य योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

सम्मान पत्रमा थपलियाको अटल इमानदारी, देशभक्तिको गहिरो भावना, निष्ठा र समाज सेवाप्रतिको समर्पणलाई सबैका लागि प्रेरणाको स्थायी स्रोतको रूपमा उल्लेख गरिएको छ । विद्यालयले थपलियाले आफ्नो विद्यालयको विकास र वृद्धिमा खेलेको महत्त्वपूर्ण भूमिकाको लागि विशेष कृतज्ञता व्यक्त गरेको छ । सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक आभार र शुभकामना व्यक्त गर्दै उनका भविष्यका प्रयासहरू निरन्तर सफलता, उद्देश्य र पूर्तिले भरिपूर्ण रहने शुभकामना व्यक्त गरिएको छ ।

यस्तै सम्मान कार्यक्रमले शिक्षा क्षेत्रमा काम गर्ने अन्य व्यक्तित्वहरूलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।