३० फाल्गुन २०८१, शुक्रबार

ललितपुर माध्यमिक विद्यालयमा विज्ञान र प्रविधि मेला सम्पन्न

0

ललितपुर माध्यमिक विद्यालयले विज्ञान र प्रविधि मेला-२०८१ सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षाको विकास गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको विद्यालयले जनाएको छ । मेलामा विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्रीहरु प्रदर्शनमा राखिएका थिए । विद्यार्थीहरुले किताबी ज्ञानलाई प्रयोगात्मक रुपमा प्रस्तुत गरेका थिए ।

विद्यालयले विद्यार्थीहरुको क्षमता विकासका लागि यश खालका मेलाहरु आयोजना गर्दै आइरहेको छ । यो मेलाले विज्ञान र प्रविधिको बारेमा विद्यार्थीहरुलाई बढी जानकार बनाउने विद्यालयको विश्वास छ । विद्यालयका प्रधानाध्यापक चेतन थपलियाले यो मेलाले विद्यार्थीमा किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानको विकास गर्ने बताए । मेलामा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको उनले उल्लेख गरे । यस्तै, विद्यालयका निर्देशक डा. उत्तमराज त्रिपाठीले विद्यालयले यश खालका मेलाहरु विगतदेखि नै गर्दै आएको र विद्यार्थीहरुलाई व्यवहारिक बनाउन लागिरहेको उल्लेख गरे ।

मेलाको अवलोकनका लागि विभिन्न क्षेत्रका व्यक्ति, अन्य विद्यालयका विद्यार्थीहरुसमेत आएका थिए । उनीहरुले विद्यार्थीहरुले प्रदर्शनमा राखेका सामग्रीले उनीहरुको व्यवहारिक ज्ञानलाई मजबुत बनाउने दाबी गरेका छन् ।

मेलामा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । जसअन्तर्गत २ सयभन्दा बढी स्टलमा सामग्री प्रदर्शनमा राखिएको थियो ।

 

विज्ञान र प्रविधि मेला-२०८१ का थप तस्बिरहरु हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।