३० फाल्गुन २०८१, शुक्रबार

ललितपुरमा सर्वाधिक राशिको खुला बास्केटबल प्रतियोगिता सुरु

0

ललितपुरमा सर्वाधिक राशिको बास्केटबल खुला प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ ललितपुर जिल्ला समिति तथा नखिपोट युथ क्लब ललितपुर–१४ को संयुक्त आयोजनामा महिला, पुरुष खुला बास्केट प्रतियोगिता सुरु भएको हो । बुधबारदेखि सुरु भएको यो प्रतियोगिता फागुन ११ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत लगायतले गरेका थिए । उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद बस्नेतले खेलाडीहरु मेहनती र अनुशासित हुने भएकाले राजनीतिक दलका नेताहरुले पनि यस्तै अनुशासन सिक्नुपर्ने उल्लेख गरे । यस खालका प्रतियोगिताहरु आयोजनाका लागि आफूले भरपुर सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

अन्य खेलभन्दा यो खेल ओझेलमा परेको हुनाले त्यसलाई उचाइ दिनका लागि आयोजकले भरपुर तयारी गरिरहेको छ । प्रतियोगितामा महिलातर्फ तीन टोलीको सहभागिता छ भने पुरुषतर्फ १५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमध्ये पुरुषतर्फ प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । महिलातर्फ प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई २५ हजार रुपैया पुरस्कार उपलब्ध गराइने छ । विभिन्न भ्यालुएबल खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

प्रतियोगिता ललितपुरको नखिपोटको नखिपोट कभर्ड हलमा सञ्चालन भइरहेको छ । यसका साथै, आयोजकले आगामी दिनमा यस खालका प्रतियोगिताहरु आयोजना गर्दै जाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।