
नपर्खेउ कसैलाई पर्खिदैमा कोही आफ्नो हुँदैन ।
ऐनामा पनि त धेरै बेरसम्म अनुहार देखिदैन ।
ठूला मान्छेहरुसँग सधैँ दूरी कायम राख्नु
समुद्रसँग मिलेदेखि नदी, नदी रहँदैन ।
पाउनु, गुमाउनु त आ–आफ्नो भाग्य न हो
नसोच तिमी तुच्छ मनुवा, तिमीबिना संसार चल्दैन ।
जीवन एक खुल्ला बगैँचा यहाँ रुप छन् थरी थरी
तिम्रो आफ्नै भ्रम हो हेर, हत्केलाले सूर्य छेकिदैन ।
आउँछन्, जान्छन् पीर नलेउ अस्थिर मन भएकाहरु
आत्मसम्मान जोगाउ तिमी, स्वार्थी यो मन भरिदैन ।।
प्रतिक्रिया दिनुहोस्