
पूर्ण हुनलाई एक एक कण मिलाउन पर्छ
म छोरो, घर, व्यापार र आफन्तजन मिलाउन पर्छ ।।
तिमी त छोरी मान्छे सबैको प्यारी
म छोरो, आफ्नै स्वास्नीको प्यारो हुन धन कमाउन पर्छ ।
रुन दिँदैन समाज, पीडाको आगो दन्किए पनि
म छोरो, छातिमाथि ढुंगा राखि हास्ने मन बनाउन पर्छ
बा मरे आमा मरे, कत्रो जिम्मेवारी
म छोरो, काँधमा बोकेर लास जलाउने तन बनाउन पर्छ ।
तिमी आयौ, गयौ आउने जानेको खासै हिसाब राखिएन
म छोरो, प्रेम मात्र नभइ घर धान्ने बुहारी झन बनाउन पर्छ ।
प्रतिक्रिया दिनुहोस्