१७ जेष्ठ २०८२, शनिबार

गृहमन्त्रीको राजीनामाबारे छलफलका लागि कांग्रेसको बैठक बस्दै

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको बताइएको छ ।

पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुनेछ  । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।