
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए ।
३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाह रास्वपा प्रशिक्षण विभाग प्रमुख बनेका थिए । उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्