
खुमलटार आदर्श समाजले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सिर्जनशील सेवा प्रा.लि., सिर्जनशील वातावरण संरक्षण केन्द्रको सहयोग र नेपाल भारत मैत्री अस्पताल तथा नेपाल चेष्ट सेन्टरको सहकार्यमा सो शिविर सम्पन्न भएको हो । स्थानीय समुदायका मानिसहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरमा विभिन्न रोगका बिरामीहरुले लाभ लिएका छन् ।
शिविरमा सामान्य स्वास्थ्य जाँच, आधारभूत औषधि वितरण, स्वास्थ्य परामर्श सेवा, रोग निवारणका उपायहरू, दन्तरोगसम्बन्धी सेवा, स्त्री रोगसम्बन्धी परामर्श लगायतका सेवाहरु दिइएको थियो । शिविरमा अनुभवी चिकित्सकहरू र दक्ष स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका छन् । विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको समस्या सुनेर उपयुक्त सल्लाह र उपचार दिएका छन्
शिविरमा स्वास्थ्य जाँचका साथै स्वच्छता, पोषण र रोग निवारणका विषयमा शिक्षा दिइएको थियो । संस्थाले आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
यस कार्यक्रमले सामुदायिक स्वास्थ्य सेवामा नयाँ आयाम थपेको र यस्ता पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।