
ललितपुर महानगरपालिकाले हरियाली संरक्षण तथा वातावरण सुधारका लागि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर चक्रपथ–महानगर सफाई अभियानका क्रममा आयोजना गरिएको यो कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिकाको १५ नम्बर वडाको ताल्छिखेलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो । यो कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
वृक्षारोपण कार्यक्रमले सहरी क्षेत्रमा हरियाली बढाउने र वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ ।
यस्ता कार्यक्रमहरूले समुदायिक सहभागितामा वातावरण संरक्षणको महत्त्व बढाउँदै जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न योगदान पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रममा बालबालिकादेखि विभिन्न क्षेत्रहरुका व्यक्तिहरुले वृक्षारोपणमा सहभागिता जनाएका थिए । यस्तो सहभागिताले भावी पुस्तामा वातावरण संरक्षणको चेतना विकास गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
महानगरपालिकाले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी सहरी वातावरण सुधारमा निरन्तरता दिने बताएको छ । महानगरले रोपिएका बिरुवाहरूको हेरचाह र संरक्षणको लागि पनि उपयुक्त व्यवस्था मिलाइने बताएको छ ।