
नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरको टोलीले मल्ललाई सोमबार पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो ।
२० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो ।
उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्