१७ जेष्ठ २०८२, शनिबार

८ सय ट्राफिक प्रहरी परिचालन

0

 

काठमाडौं । नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् । एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।

त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् । गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।