१८ जेष्ठ २०८२, आईतवार

एमाले निकट अनेरास्ववियुमा ३२ वर्षे उमेर हद

0

काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् । अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् ।

सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।