३० फाल्गुन २०८१, शुक्रबार

जाजरकोटका महेश अधिकारीले दिए अखिल (क्रान्तिकारी)को उपाध्यक्षमा उम्मेदवारी

0

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षमा जाजरकोटका महेश अधिकारीले उम्मेदवारी दिएका छन् । ९ उपाध्यक्ष रहने अखिल क्रान्तिकारीमा अधिकारीले खस आर्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

को हुन् अधिकारी ?

कानून, समाजशास्त्र र पत्रकारितामा स्नातक , समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अधिकारी ६ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा आवद्ध भएका थिए ।

हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत एमफील–पीचडी स्कलर अधिकारीले २०६३ देखि २०६६ सम्म अखिल क्रान्तिकारीको मावि इकाई कमिटी अध्यक्ष भएर काम गरे । कक्षा ११–१२ मा पढ्दा (२०६६÷०६९) सम्पर्क समिति उपाध्यक्ष भएर काम गरेका अधिकारीले काठमाडौं जिल्ला कमिटी सचिव, काठमाडौं विश्वविद्यालय संयोजक, काठमाडौं विश्वविद्यालय इन्चार्ज र जाजरकोट जिल्ला इन्चार्जका रूपमा काम गरिसकेका छन् ।

उनी अखिल क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलनदेखि हालसम्म निरन्तर सम्मेलन प्रतिनिधि बन्दै आएका छन् । सबै विद्यार्थीको हकहित, विद्यार्थीको व्यक्तित्व विकास, शैक्षिक सुधार र शिक्षा क्षेत्रमा देखिएका विभिन्न प्रकारका विसंगतिको अन्त्य नै आफ्नो प्रमुख उद्देश्य रहेको अधिकारी बताउँछन् ।

क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्षसहित ३३ पदाधिकारी रहने व्यवस्था छ । अखिल क्रान्तिकारीमा यसपटकदेखि ३२ वर्ष उमेर हद लागू हुँदैछ ।

क्रान्तिकारीको नेतृत्व चयनका लागि यही माघ १२ गते मतदान हुँदैछ । जसका लागि आज मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।