१८ जेष्ठ २०८२, आईतवार

भिजिट भिसाबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् । यही प्रकरणमा गृहमन्त्रीको सचिवालय पनि संलग्न भएको भन्दै मन्त्री रमेश लेखकको समेत राजीनामा माग गरिएको हो ।

यसअघि रास्वपा, माओवादी र कांग्रेसकै केही नेताहरुले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।