१७ जेष्ठ २०८२, शनिबार

नयाँ गभर्नर विरुद्धको रिट सर्वोच्चमा दर्ता

0

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दाबी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।